
यौनका भोकाहरु कतिसम्म निर्लज्ज हुन थाले भने कहिले काठमाडौंको दरबारमार्गमा कहिले इटहरी, कहिले नेपालगञ्जमा पात्र फरक प्रवृत्ति उही बनेर प्रकट हुँदै छन् ।
फेरि पनि जबरजस्त युवतीको देह लुटियो, होटर दरबार, नेपालगञ्जमा ।
जब पशुभन्दा तल्लो तहमा ओर्लिए, तब १४ वर्षीय किशोरी निर्मम ढंगले लुटिइन् ।
पुष्पलालचोकभित्र रहेको उक्त होटलमा भएको भनिएको बलातकारको यथार्थ यस्तो छ– माघ २४ गते २० वर्षीया चाँदनी –नाम परिवर्तन) को जन्मदिन थियो । त्यसअवसरमा भएको जमघटमा उनका साथी सुरेन्द्र र अर्का युवक पुगेका थिए ।
त्यहीँ चाँदनीसँग सल्लाह गरे २५ गते फेरि भेट्ने । पाँच दिनपछिको भेटमा चाँदनीसँग अर्की १४ वर्षीया युवतीको आग्रहबमोजिम उनीहरु कोहलपुर बजार पुगे । कोहलपुरको खाजा पानी राम्रो नहुने भन्दै फेरि नेपालगञ्ज फर्किए । सीधै पुष्पलालचोकस्थित दरबार होटल पुगेको समाचार आजको जनआस्थामा छ ।
२०९ र २१० नम्बरको कोठा बुक गरे । २१० नम्बरको कोठामा मदिरासहित खाजा खाए । कोलाहाल मच्चाउँदै खाजा खाएका उनीहरुमध्ये साँझ साढे आठ बजे२०९ नम्बरको कोठामा चाँदनी र सुरेन्द्र छिरे । बाहिर निस्कने क्रममा उनले २१० नम्बरको कोठालाई बाहिरबाट लक गरिदिए । २०९ माजबरजस्ती गर्न खोज्दा ती चाँदनीले मानिनन् र त्यहाँबाट भागिन् । २१० नमबरको कोठाको लक खोलेर हेर्दा १४ वर्षीय बालिका बलात्कृत भइसकेकी थिइन् ।