
पञ्जाव, ९ फागुन– एक महिलाले आफ्नो पतिको गुप्ताङ्ग काटेर शौचालयमा बगाइदिएकी छन् । अन्य महिलासँग अवैध सम्बन्ध रहेको आशंकामा महिलाले आफ्नो पतिको गुप्ताङ्ग नै काटेर शौचालयमा बगाएकी हुन् ।
यो घटना भारतीय राज्य पञ्जावको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार राति यस्तो घटना भएको हो ।
पत्नीले गुप्ताङ्ग काटेका पुरुष गम्भीर घाइते छन् । उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार ती पुरुष यो घटनापछि गम्भीर रुपमा घाइते भएका छन् ।
आफ्ना पति सुतिरहेको मौका छोपेर महिलाले यस्तो घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुतिरहेको अवस्थामा महिलाले आफ्नो पतिमाथि फलामको रडले प्रहार गरिन् । फलामको रड लागेर पुरुष घाइते भए । त्यसपछि महिलाले चक्कुले आफ्नो पतिको गुप्ताङ्ग काटिन् र घरकै शौचालयमा बगाइदिइन् ।
धेरै रगत बगेपछि पुरुषलाई आफन्तले नजिकको अस्पताल पुर्याए । पुरुषका आफन्तले दिएको उजुरीका आधारमा पतिको गुप्ताङ्ग काट्ने महिलालाई प्रहरीले नियन्त्रण लिएको छ ।