३० जेठ २०८३, शनिबार

यी हुन् पोखरामा बम बिस्फोट गराउने विप्लवका कार्यकर्ता

यी हुन् पोखरामा बम बिस्फोट गराउने विप्लवका कार्यकर्ता

पोखरा, ९ फागुन– एक पत्रकार र एक प्रहरी जवान गरी दुई जना घाइते हुने गरी मंगलवार पोखरामा बम बिस्फोट गराउने नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

विप्लव समूहले मंगलवार घोषणा गरेको बन्दका क्रममा पोखरामा बम बिस्फोट गराइएको थियो । बम बिस्फोटमा संलग्न भएको अभियोगमा प्रहरीले तीनजनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका ३१ बस्ने विप्लव समूहका जनसरकार प्रमुख जगन भनिने नन्द प्रसाद तिवारी, पोखराकै सराङकोट बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष पुष्प कार्की र पोखरा नयाँगाउँका अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खड्कबहादुर राई छन् । 

प्रहरीका अनुसार मंगलवार उनीहरुले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १४ बिजयपुर पुलमा बम राखेका थिए । बम फेला परेपछि समाचार संकलनका लागि पुगेका पत्रकार घनस्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुल बहादुर खत्री बम बिस्फोट हुँदा घाइते भएका थिए । उनीहरुको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

पक्राउ परेका तीनैजनाविरुद्ध बिष्फोटक पदार्थ तथा हतियार खरखजना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्