०६ असार २०८३, शनिबार

विप्लवका कार्यकर्तामाथि कडा निगरानी

फागुन १०, २०७४
विप्लवका कार्यकर्तामाथि कडा निगरानी

काठमाडौं, १० फागुन-  गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ। पछिल्ला दिनमा भौतिक संरचनासहित व्यक्तिगत सम्पत्तिमाथि विप्लव नेतृत्वको माओवादीले आक्रमण गरी आतंक फैलाइरहेको छ।

गृहले विप्लवका कार्यकर्ता हिंसात्मक गतिविधिमा उत्रिएपछि उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले हिंसात्मक गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ।

मंसिरमा भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला यो पार्टीका नेता–कार्यकर्ताले मुलुकका विभिन्न स्थानमा हिंसात्मक घटना गराई आतंक फैलाएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्