
सर्लाही, १० फागुन– सर्लाहीको बागमती नगरपालिका १० राजघाट देवपुरका वाडाध्यक्ष शेख जुवैदले राणाकालीन जमिनको कित्ताकाट गरी पुराना जग्गाको नाममा कर काटेपछि हाल लालपुर्जा पाएर बसोबास गरिरहेका २ सयभन्दा बढी परिवारको उठीबास हुने खबरा बढेको छ ।
नापी कार्यालयले जग्गा नै नभएको कैफियत जनाएको जग्गाको पनि कित्ताकाट गरेपछि स्थानीयले भोग चलन गर्दै आएको जग्गा अरुको नाममा जाने खतरा बढेपछि उनहिरु त्रसित बनेका हुन् ।
४१ वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा अरुको हकदाबी लाग्ने गरी वडाध्यक्ष जुवैदले कित्ताकाट गरपछि स्थानीयवासी एक हप्तादेखि नापी र मालपोत कार्यालय बरहथवामा जग्गा बचाउन चक्कर लगाउँदै आएका छन् , अन्नपूर्ण पोस्टमा खबर छ ।