
काठमाडौं, १० फागुन — न्युजील्यान्डमा घरेलु क्रिकेटको ५० ओभरको बुधवार भएको एक खेलमा अनौठो घटना भएको छ । त्यसमा ब्याट्स्म्यान जीत रावलले कडा शट लगाउँदा बलरको टाउकोमा बल लाग्यो अनि उडेर बाउन्ड्री पार गर्दै छक्का हुन पुग्यो ।
यस्तो घटना क्रिकेटमा पहिलोपल्ट भएको मानिएको छ ।
एन्ड्रु एलिस ती अभागी बलर रहे । उनले रावललाई बल फ्याँकेपछि रावलले स्ट्रेट ड्राइभ हाने । अनि बल एलिसको टाउकोमा ठोक्किन पुग्यो । तर उनलाई खासै केही भएन ।
चोट लागेपछि एलिस केही समयका लागि ग्राउन्डबाहिर गए । चिकित्सकहरूले उनलाई फिट घोषित गरे ।
पछि एलिसले ब्याटिङ पनि गरे । उनलाई चोटले कुनै समस्या दिएन ।
फोर्ड ट्रफीको तेस्रो प्रिलिमिनरी फाइनल खेलमा यो घटना भएको थियो ।
टाउकोमा चोट लगाइदिने रावलको विकेट एलिसले नै लिए ।
म्याचमा रावलले १५३ बलमा १४ चौका र चार छक्काको सहायताले १४९ रन बनाए अनि उनको टोली अकल्यान्डले क्यान्टरबरीलाई १०७ रनले हरायो ।
http://www.espncricinfo.com/video/clip?id=22524853
एजेन्सी