
बिहेको दिन दुलाहा र दुलहीका लागि विशेष हुन्छ । यसलाई थप विशेष बनाउनका लागि जोडीले अनेकौं तयारी गर्छन् अनि परिधानमा विचार पु–याउँछन् ।
तर एक जोडीले शरीरमा कुनै पनि कपडा नलगाइकनै विवाह सम्पन्न गरेका छन् । उनीहरूले नांगै बिहे गरेको कुरा कसैले थाहै पाएनन् ।
बडी पेन्टिङका कारण उनीहरूको शरीरमा कपडा नभएपनि मानिसले थाहा नपाएका हुन् । दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्थ्यो । हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो ।
दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

एजेन्सी