०६ असार २०८३, शनिबार

पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौला दोषी ठहर, ७ वर्षको कैद सजाय

फागुन १०, २०७४
पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौला दोषी ठहर, ७ वर्षको कैद सजाय

काठमाडौं, १० फागुन– नेपाल पर्यटन बोर्डका तत्कालीन कायममुकायम कार्यकारी प्रमुख सुवा निरौला पर्यटन बोर्डको घोटाला प्रकरणमा दोषी ठहर भएका छन् । 

विशेष अदालतले निरौलालाई दोषी ठहर गर्दै ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो तथा ५४ लाख ५९ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको छ । 

बोर्डको घोटाला काण्डमा तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्षको कैद सजाय सुनाइएको छ ।  दासलाई ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवाना तोकिएको छ । 

यस्तै वर्ल्ड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खना पनि दोषी ठहर भएका छन् । 

वल्र्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् । विशेष अदालतले खनालबाट भने १ लाख ५४ बिगो ठहर गरेको छ ।

घोटालामा मुछिएका पयर्टन मन्त्रालयका अवकाश प्राप्त सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरदचन्द्र पौडेलसहित २० जनाले सफाइ पाएका छन् । एक महिनाभन्दा लामो समयदेखिको बहसपछि विशेषले बिहीवार फैसला सुनाएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्