३० जेठ २०८३, शनिबार

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण : १३ मा बिहे,  १७ वर्षमा २  सन्तान

फागुन ११, २०७४
१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण : १३ मा बिहे,  १७ वर्षमा २  सन्तान

काठमाडौँ, ११ फागुन- कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।

बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।

१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् ।

सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन्, नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्