२२ जेठ २०८३, शुक्रबार

इम्बोस्ड नम्बर जडान अवरोध, सर्वोच्चको यस्तो आदेश

फागुन ११, २०७४
इम्बोस्ड नम्बर जडान अवरोध, सर्वोच्चको यस्तो आदेश

काठमाडौं, ११ फागुन-  सर्वोच्च अदालतले अंग्रेजी इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। सामाजिक अभियन्ता भरत बस्नेतले गत मंगलबार दायर गरेको रिटमा थप छलफलका लागि यातायात व्यवस्था विभागलाई बोलाउँदै तत्काल इम्बोस्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बिहीबार इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको हो। यातायात व्यवस्था विभागले गत मंसिर १ गतेदेखि प्रदेशको नाममा बागमती अञ्चलमा दर्ता भएका सरकारी र निजी चार पांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिरहेको थियो। विभागले फागुनदेखि बागमती अञ्चलमा दर्ता भएका मोटर साइकल र स्कुटरमा पनि इम्बोस्ड नम्बर प्लेट जडानका लागि खुला गरेको थियो।

सर्वोच्चले तत्काल अंग्रेजी नामको इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न अन्तरिम आदेशसँगै दिएसँगै जडान कार्य प्रभावित भएको छ। सर्वोच्चले छलफलका लागि विभागलाई बोलाउने भने पनि मिति भने तय गरेको छैन।

यसअघि पनि भदौ ५ गतेदेखि अञ्चलका नाममा सुरु भएको इम्बोस्ड नम्बर प्लेट जडानमा संसद्को विकास समितिले रोक्न निर्देशन दिएको थियो। समितिको निर्देशनपछि विभागले इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोकेर मंसिरबाट प्रदेशको नाममा जडान थालेको थियो।

salt training

कमेन्ट गर्नुहोस्