२६ जेठ २०८३, मंगलबार

कर्मचारी समायोजनले तनावमा स्वास्थ्य मन्त्रालय

फागुन ११, २०७४
कर्मचारी समायोजनले तनावमा स्वास्थ्य मन्त्रालय

काठमाडौं, ११ फागुन– कानूनले तय गरेको समयसीमाभित्र कर्मचारी समायोजन गरिसक्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालय दबाबमा परेको छ । मुलुक संघीय संरचनामा गइसकेकाले आगामी २९ चैत्रभित्र कर्मचारी समायोजन भइसक्नुपर्छ । 

यस्तै, हाल कायम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरी स्थानीय तहलाई बुझाउनु पर्नेर्छ । तर, ती कार्यालयका फाइलको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलमा परेको स्वास्थ्य मन्त्रालय एकाइका संयोजक मोहम्मद दाउदले बताए,नयाँ पत्रिकामा खबर छ। 
 

salt training

कमेन्ट गर्नुहोस्