२४ जेठ २०८३, आइतबार

नेपाली क्रिकेट टोलीलाई सरकारले अाज सम्मान गर्दै

फागुन ११, २०७४
नेपाली क्रिकेट टोलीलाई सरकारले अाज सम्मान गर्दै
सन्दर्भ तस्वीर

काठमाडौं, ११ फागुन– सरकारले नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । 

विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने टोलीलाई सरकारले नगदसहित सम्मान गर्न लागेको हो । नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो ।

कार्यक्रममा विश्वकप छनोट खेल्ने नेपाली टीमलाई बिदाई पनि गरिनेछ । नेपाली टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्