२१ असार २०८३, आइतबार

देउवाले सभापतिको जिम्मेवारी बहन गर्न नसकेको सिंहको आरोप

फागुन ११, २०७४
देउवाले सभापतिको जिम्मेवारी बहन गर्न नसकेको सिंहको आरोप

सिन्धुली, ११ फागुन– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले जिम्मेवारी राम्रोसँग बहन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देउवा सबैको सभापति बन्न नसकेको बताए । 

देउवा गुटको मात्रै सभापति भएको उनको भनाई छ । उनले प्रश्न गरे, ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ ?’ नेता सिंहले भने, ‘उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन । दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ । जिल्लाहरूमा प्रशिक्षणको माग छ । त्यति सानो काम पनि सभापतिले गराउन सक्नु भएन ।’

आफूले कांग्रेसलाई सुधार्न दबाव दिइरहेको भन्दै उनले कांग्रेस अझै पनि नसुध्रिए सबैको भविष्य संकटमा पर्ने खतरा औंल्याए । ‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ । पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन’, कांग्रेस पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लाग्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्