१० साउन २०८३, आइतबार

लालबाबुको मन्त्रालय आधा माओवादीको भागमा आधा एमालेसँग !

फागुन ११, २०७४
लालबाबुको मन्त्रालय आधा माओवादीको भागमा आधा एमालेसँग !

काठमाडौं ११ फागुन– लालबाबु पण्डितले सम्हालेको जनसंख्या तथा वातावरण मन्त्रालय विभाजनमा परेको छ । प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाउँदा लालबाबुले सम्हालेको मन्त्रालय विभाजित भएको हो । 

जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएको छ भने वातावरण वन मन्त्रालयमा गाभिएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार भएको सहमति अनुसार स्वस्थ्य तथा जनसंख्या एमालेको भागमा परेको छ भने वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । 

वातावरण मन्त्रालयको जिम्मा पाएसँगै लालबाबुले एक हप्तामै केही सुधारका काम थालिसकेका थिए । उनले गिट्टी बालुवा उत्खलन गर्ने क्रसरको नयाँ लाइसेन्स दिन बन्द गरिसकेका छन् । 

वातावरण मन्त्रालयको जिम्मा पाएका लालबाबुले काठमाडौंलाई माक्स मुक्त राजधानी शहर बनाउने प्रतिबद्धता जनाएका थिए । 

विगतमा राम्रो काम गरेर प्रसंशा कमाएका लालबाबुलाई जनसरोकारको मन्त्रालय दिने तयारी रहेको एमाले स्रोतले बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्