२३ जेठ २०८३, शनिबार

एमाले स्थायी समिति निर्णय–मन्त्री छान्ने जिम्मेवारी ओलीलाई

फागुन ११, २०७४
एमाले स्थायी समिति निर्णय–मन्त्री छान्ने जिम्मेवारी ओलीलाई

काठमाडौं, ११ फागुन– नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ । 

बालुवाटारमा शुक्रवार विहान बसेको स्थायी कमिटीको बैठकले भुगोलको सन्तुलन, पार्टीभित्र नेताहरुको योगदान, योग्यता र क्षमतालाई ध्यानदिँदै मन्त्रीहरुको नियुक्ति गर्न सुझाव दिएको हो । 

प्रधानमन्त्री ओलीले माओवादीसहित संघीय समाजवादी र राजपा नेपालसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 

एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग एकताका लागि भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको छ । 

बैठकले माओवादी केन्द्रसँग एकता प्रकृया अगाडि बढेका बेला एमालेका विभिन्न जनवर्गिय संगठनहरुको पूर्वनिर्धारित अधिवेशन र सम्मेलन पार्टी एकताको संवेदनशीलतालाई ध्यान दिँदै स्थगन गर्ने निर्णय गरेको छ । तर आन्तरिक भेला, प्रशिक्षणको कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएको सचिव भट्टरार्इले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्