१४ असार २०८३, आइतबार

हनीमून मनाउनुअघि दुलहीलाई यस्तो आपत, कुरेको कु–यै भए दुलाहा

फागुन ११, २०७४
हनीमून मनाउनुअघि दुलहीलाई यस्तो आपत, कुरेको कु–यै भए दुलाहा

काठमाडौं, ११ फागुन — मानिसको जीवनमा विवाह महत्त्वपूर्ण समारोह हो । अनि बिहेमा सुहागरातको महत्त्व बेग्लै छ । 

यसलाई विशेष बनाउने इच्छा सबैको हुन्छ किनकि यो जीवनको एक स्मरणीय क्षण हो । तर बेलायतमा एक नवविवाहित जोडीमाथि भएको घटना कुनै त्रासदी जस्तो रह्यो । 

यो जोडी हनीमून मनाउन एक होटलको १८औं तल्लामा बस्यो तर सुहागरातभन्दा केही समयअघि दुलही १७औं र १८औं तल्लाको बीचको लिफ्टमा फसिन् । एक घन्टासम्म दुलही फसिन् भने दुलाहा कुरेको कु–यै भए । 

दुलाहालाई पछि पो दुलही फसेको थाहा लाग्यो अनि उनले चिच्याएर बचाऊ बचाऊ भने । 

त्यसपछि होटलको सुरक्षाकर्मी र प्राविधिक टोलीले धेरै प्रयासपछि लिफ्टबाट बाहिर निकाले । 

हनीमूनअघि नाच्ने योजना बनेको अनि तल गएर नाचको कपडा लिन गएको दुलहीले बताइन् । तर माथि आउँदा उनी फसिन् । 

अनि त धेरै बेरसम्म तनावको स्थिति रह्यो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्