
काठमाडौं, ११ फागुन– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट राष्ट्रियसभा सदस्यका लागि सिफारिसमा परेका तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
शेरबहादुर देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका उनीहरुको नाम ओली सरकारले उल्टाउँदै नयाँ नियुक्त गरेका थिए । देउवा सरकारको सिफारिससमा परेका तीन जनालाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्न अस्वीकार गरेकी थिइन् ।
देउवा सरकारको सिफारिसमा परेका गोपालकुमार वस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले देउवा सरकारको विधिवत सिफारिशलाई विना आधार लामो समयसम्म थन्काएर राखी आफूहरुको मनोनयनको सिफारिश भएको एक हप्तापछि बनेको सरकारले गरेको सिफारिशलाई केही घण्टाभित्रैमा कार्यान्वयन गर्ने छनौटको सुविधान संविधानले नदिएको उल्लेख गरिएको छ ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।