३१ जेठ २०८३, आइतबार

अब ‘प्रचण्ड’ले टेलिभिजन कार्यक्रम चलाउने !

फागुन ११, २०७४
अब ‘प्रचण्ड’ले टेलिभिजन कार्यक्रम चलाउने !

काठमाडौं ११ फागुन– विभिन्न मञ्चमा देखिने ‘प्रचण्ड’ अव टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । 

टेलिभिजन कार्यक्रममा देखिन लागेका प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभइ प्रचण्डको भुमिकामा देखिने हाँस्य अभिनेता घनश्याम गौतम हुन् । 

लोकान्तर डट्कमको युट्यूव च्यानल (लोकान्तर टिभी)मा गौतमले ‘कफी टक् वीथ् प्रचण्ड’ कार्यक्रममा सञ्चालन गर्न लागेका हुन् । सो कमेडी टक् शोमा कलाकार गौतमले विभिन्न सेलिब्रेटी कलाकार, राजनीतिज्ञ, समाजसेवी, खेलाडी लगायत समाजमा चर्चा कमाएका व्यक्तिहरुसँग प्रचण्डकै शैलीमा कुराकानी गर्नेछन् । 

यसअघि पनि कलाकार गौतमले ‘ट्वाकेन्द्र निवास’ नामक कमेडी शो सञ्चालन गरिसकेका छन् । यसअघिको कार्यक्रमलाई दर्शकले निकै रुचाएका कारण दर्शकले नयाँ कार्यक्रमलाई मनपराउने कुरामा गौतम ढुक्क छन् । उनी २०५१ सालदेखि निरन्तर कलाकारितामा सक्रिय छन । 


 

salt training

कमेन्ट गर्नुहोस्