०५ असार २०८३, शुक्रबार

तराई–मधेसमा नयाँ सहर

फागुन १२, २०७४
तराई–मधेसमा नयाँ सहर

बिराटनगर, १२ फागुन- हुलाकी राजमार्ग आसपासका बस्तीमा आउँदो आर्थिक वर्षदेखि काम सुरु हुने गरी नयाँ सहर निर्माणको बहुवर्षीय योजना अघि बढेको छ । सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको यस योजनाअन्तर्गत गत वर्ष र यो वर्ष हुलाकी राजमार्गको दायाँ–बायाँको १० र तराई–मधेसका ५ नगर एवं गाउँ छनोटमा परेका हुन्, कान्तिपुरमा खबर छ ।

मध्यपहाडी लोकमार्गका १० ठाउँमा २०७१ मै सुरु भएको यो योजनामा निकै प्रगति भइसकेको छ । हुलाकी सडक खण्डहरूमा भने परामर्शदाताको छनोट कार्य अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना समन्वय कार्यालयका परियोजना निर्देशक पराग कायस्थले  बताए ।

salt training

कमेन्ट गर्नुहोस्