२३ जेठ २०८३, शनिबार

मन्त्री छान्ने जिम्मा दुवै अध्यक्षलाई

फागुन १२, २०७४
मन्त्री छान्ने जिम्मा दुवै अध्यक्षलाई

काठमाडौं, १२ फागुन-  एमाले र माओवादी केन्द्रबाट सरकारमा जानेको नाम टुंगो लगाउने जिम्मा दुवै पार्टीले आ-आफ्ना अध्यक्षलाई सुम्पेका छन्। दुवै पार्टीका बैठक र दोस्रो तहका नेताबीचको औपचारिक र अनौपचारिक छलफलबाट पनि मन्त्रीको नाम टुंगो लाग्न नसकेपछि अध्यक्षलाई जिम्मा दिइएको हो।

एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको हो। माओवादी केन्द्रको विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न जिम्मेवारी दिएको थियो। शुक्रबार बसेको तीन नेताको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष दाहाललाई सुम्पेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्