
काठमाडौं, १२ फागुन– विश्वकप छनौट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाँदैछ । जिम्बावेमा एकदिवशीय विश्वकप छनौट खेल्न लागेको नेपाली क्रिकेट टिमले सुपर सिक्समा पुग्ने पहिलो लक्ष्य राखेको छ ।
टिमका प्रशिक्षक जगत टमाटाले विश्वकप खेल्ने नेपाली टोलीको सपना रहेपनि पहिलो लक्ष्य भनेको सुपर सिक्समा रहने रहेको बताए । नेपालले नामिबिया बाट फर्किएपछि पहिलो पटक बिहीबार अभ्यास गर्यो ।
डिभिजन टू कै स्क्वाडलाई निरन्ता दिएको नेपालले स्पिनर ललित राजबंशीलाई टिममा राखेको छ । छनौट खेलका लागि भारतीय प्रशिक्षक उमेश पट्वाल ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाली टिमलाई साथ दिइरहेका छन् ।
छनौट खेलमा दश राष्ट्रको सहभागीता छ । जसमा चार देश टेस्ट मान्यता प्राप्त हुन् । समुह बी मा नेपालसहित घरेलु टोली जिम्बावे, अफगानिस्तान, हङकङ र स्कटल्यान्ड छन् ।
नेपालले पहिलो खेल फागुन २० गते जिम्बावेसंग खेल्नेछ ।