१५ असार २०८३, सोमबार

छाँया प्रधानमन्त्री र मन्त्रीहरु बनाउने कांग्रेसको निर्णय !

फागुन १२, २०७४
छाँया प्रधानमन्त्री र मन्त्रीहरु बनाउने कांग्रेसको निर्णय !

काठमाडौं, १२ फागुन– नेपाली कांग्रेसले छाँया सरकार गठन गर्ने निर्णय गरेको छ । 

जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाँया सरकार गठन गर्ने कांग्रेसले निर्णय गरेको हो । 

सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकमा राम्रो प्रतिपक्षको भूमिकामा बस्नका लागि छाँया सरकारको आवस्यकता भएको सांसदहरुको सुझाव अनुरुप छाँया सरकार बनाउने निर्णय भएको नेता  गगन थापाले बताए । उनले भने,‘हामी पनि छाँया प्रधानमन्त्री बनाउँछौं, सरकारले जति मन्त्रालय बनाउँछ त्यतिनै छाया मन्त्री बनाउँछौं’ थापाले भने,‘सरकारको राम्रा काममा सहयोग गर्छौं नराम्रा काममा खबरदारी गर्छौं ।’
थापाका अनुसार संसदीय दलको नेता नै छाया प्रधानमन्त्री हुनेछन् । 

कांग्रेस संसदीय दलको बैठकमा डा. मिनेन्द्र रिजालको संयोजकत्वमा बनेको संसदीय दलको विधान मस्यौदा समितिले पेश गरेको मस्यौदा माथि छलफल गरेको छ । उक्त मस्यौदामा सांसदहरुको सुझाव लिएर आजै दिउँसो तीन बजे बस्ने बैठकबाट पारित गर्ने कार्यतालिका रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्