
जनकपुरधाम, १३ फागुन- प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीबाटसहयोग नभएको गुनासो गरेका छन् ।
मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेपछि केन्द्रीय सरकारबाट सहयोगका लागि प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
प्रदेशमा केन्द्रबाट पठाइएका कर्मचारीहरु हालसम्म उपस्थित नभएको पनि उनले गुनासो गरेका छन् । कर्मचारीसहित प्रदेश सरकारका लागि आवश्यक स्रोत साधनसमेत अभाव रहेको भन्दै मुख्यमन्त्री राउतले सहयोग गरिदिन प्रधानमन्त्री ओलीलाई पत्र नै पठाएका छन् ।
राउतले फागुन ३ गते प्रदेश सरकार गठन भए पनि सरकारको काम अघि बढाउने क्रममा संघीय कर्मचारीहरु असहयोगी भइरहेको तथा कर्मचारी अभावका कारण कार्यसम्पादन समेत हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन्, अन्नपूर्णमा खबर छ ।