०६ साउन २०८३, बुधबार

मन्त्रीको टुंगो लगाउन एमाले र माओवादी आन्तरिक छलफलमा

फागुन १३, २०७४
मन्त्रीको टुंगो लगाउन एमाले र माओवादी आन्तरिक छलफलमा

काठमाडौं, १३ फागुन– एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनको भागबन्डामा टुंगो लागेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । आइतबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी दुवै दलले आन्तरिक छलफलमा गरिरहेका छन् । 

दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको छ । एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादी केन्द्रले उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा उपाध्यक्ष र ७ वटा मन्त्रालय लिने समझदारी दुई दलबीच भएको छ । 

यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिका शीर्ष नेताहरूबीच भएको नेताहरूको भनाइ छ । दुई दलबीच पावर सेयरिङमा कुरा मिले पनि दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा छनोटमा ढिलाई भएको छ । 

मन्त्रिपरिषद् समावेशी बनाउने गरी मन्त्री छनोट गर्ने उनीहरुले बताउँदै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् समावेशी हुने र आज साझँसम्म मन्त्रीको टुंगो लाग्ने बताए । उनले भोलि मन्त्रीहरुको शपथ हुने जानकारी दिए । 

मन्त्रीका आकांक्षी धेरै भएका कारण दुवै दललाई मन्त्री छनोट गर्न सकस भएको छ । एमालेले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ भने माओवादीले अध्यक्षसहित तीन नेतालाई जिम्मेवारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्