
काठमाडौं, १३ फागुन– ड्रग्सको नसामा फस्नु भनेको रोग हो । त्यसैले उपचार गरेमा ड्रग्सबाट छुटाउन पनि सकिन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा परामर्श हो ।
-व्यक्ति आफूले आफैंलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । अरुको दबाबमा भने नसा छाड्ने गर्नु हुँदैन ।
-सन्तानको कमजोरीलाई अरुसँग तुलना गर्नु हुँदैन । यसो गर्दा उनीहरुमा आत्मविश्वासमा कमी आउन सक्छ । जसका कारण उनीहरु झ्न कुलतमा फस्न सक्छन् ।
-सन्तानलाई खराब साथीसंगतबाट छुटाउनुपर्छ । सकेसम्म सन्तानलाई नयाँ वातावरण दिनु पर्छ ।
-कुलतमा फसेका छोराछोरीलाई अभिभावकले बढीभन्दा बढी समय दिनुपर्छ । भर्खरै शुरुवात गर्न लागेकाहरुलाई सम्झाएर, बुझाएर पनि सुधार गर्न सकिन्छ ।
-ड्रग्सका विभिन्न स्टेप हुन्छन् । दोस्रो–तस्रो चरणमा पुगेका मानिसलाई सुधार केन्द्रमै पुर्याउनुपर्ने हुन्छ ।
नयाँ पत्रिकाबाट ।