
काठमाडौं, १४ फागुन- नेकपा माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउने भएको छ । पार्टी पदाधिकारीको सोमबार बिहानको बैठकले सो निर्णय गरेको स्रोतले जनाएको छ । केपी ओली सरकारमा माओवादी बादलकै नेतृत्वमा सहभागी हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
बादलबाहेक मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र विना मगरको नाम टुंगिएको स्रोतले बतायो ।