१२ असार २०८३, शुक्रबार

प्रेमसम्बन्धका कारण राजीनामा दिएका अस्ट्रेलियाली उपप्रधानमन्त्रीको ठाउँमा म्याक्कोर्मेक छानिए

फागुन १४, २०७४
प्रेमसम्बन्धका कारण राजीनामा दिएका अस्ट्रेलियाली उपप्रधानमन्त्रीको ठाउँमा म्याक्कोर्मेक छानिए

काठमाडौं, १४ फागुन — अस्ट्रेलियामा नयाँ उपप्रधानमन्त्रीले सोमवार कार्यभार सम्हालेका छन् । नेसनल पार्टीका सांसदहरूले माइकल म्याक्कर्मोकलाई आफ्नो नेता छानेपछि उनी उपप्रधानमन्त्री भए ।

उनका पूर्ववर्ती बार्नबी जोयसले यौन उत्पीडनको आरोप लागेपछि राजीनामा दिएका थिए । 

तर उनले संसदबाट राजीनामा दिएका थिएनन् । प्रतिनिधिसभामा प्रधानमन्त्री माल्कम टर्नबुललाई प्राप्त एक सीटको बहुमत कायम रहोस् भनी उनले त्यसो गरेका हुन् ।

प्रधानमन्त्रीको लिबरल पार्टीसँग नेसनल्स पार्टीको गठबन्धन समझदारीका कारण जोयस स्वतः उपप्रधानमन्त्री बनेका थिए । 

उपप्रधानमन्त्री छापिएपछि ५३ वर्षीय म्याक्कर्मोकले भने, ‘म एक योद्धा हुँ भन्ने कुरा मानिसले थाहा पाऊन् । मसामु एक ठूलो चुनौती छ ।’

जोयसको निजी जीवन विवादमा छ । विवाहको २४ वर्षपछि उनी आफ्नी पत्नीबाट अलग भएका थिए । उनका चार छोरी छन् । 

जोयस र पूर्व प्रेस सचिवको अफेयरको खबर आएको थियो । ती प्रेस सचिवले अप्रिलमा उनको बच्चा जन्माउने भएकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्