१३ असार २०८३, शनिबार

यस कारण दुबईबाट भारत ल्याइएन श्रीदेवीको शव

फागुन १४, २०७४
यस कारण दुबईबाट भारत ल्याइएन श्रीदेवीको शव

बलिउड अभिनेत्री श्रीदेवीको शनिवार दुबईमा निधन भएको थियो । तर आज सोमबार भइसक्दा पनि उनको शव भारत ल्याइएको छैन ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार श्रीदेवीको शव सोमबार रातिसम्ममा भारत ल्याइने छ । तीन दिन भइसक्दा पनि उनको शव किन भारत ल्याइएन त ? उनका फ्यानहरुले चासो राखिरहेका छन् ।

केही नियम र कानूनी प्रकृयाका कारण श्रीदेवीको पार्थिव शरीरलाई भारत ल्याउन समस्या भइरहेको छ । 

दुबइमा रहेको भारतीय राजदूतावासले प्रकृयालाई चाडो सक्ने प्रयास गरिरहेको छ । विदेशबाट कुनै पनि व्यक्तिको पार्थिव शरीर ल्याउन कयौं कानूनी प्रकृया पूरा गर्नुपर्ने हुन्छ । 

दुवइमा कुनै व्यक्तिको सामान्य परिस्थितिबाट मृत्यु भएको खण्डमा शवलाई ल्याउन चार दिन लाग्छ । कहिलेकाही यो समय अझ धेरै लाग्न पनि सक्छ । 

सामान्य अवस्थामा मृत्यु भएमा यो समय अझबढी लाग्न सक्छ ।

मृत्यु भइसकेपछि शव स्वदेश ल्याउन निम्न कागजपत्र आवश्यक पर्छ । 
मेडिकल रिपोर्ट
मृत्यु प्रमाणपत्र
प्रहरी रिपोर्ट
पासपोर्ट तथा भिजाको कपी
अन्य दस्तावेज

यस यी सवै कागजपत्र भएपछि स्वदेश फिर्ताको प्रकृया शुरु हुन सक्छ ।

अहिले सम्म श्रीदेवीको मृत्यु कार्डिएक अरेस्टका कारण भएको बताइएको छ तर पोस्टमार्टम रिपोर्ट न आएसम्म यसको पुष्टि हुन सकदैन । स्थानीय मिडिया गल्फ न्यूजका अनुसार यदी पोस्र्टमार्टममा उनको मृत्यु हर्ट अट्याकबाट भएको पुष्टि नभएमा शव ल्याउन थप समय लाग्ने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्