
काठमाडौं, १४ फागुन — कार्डिएक अरेस्टका कारण दुबईमा शनिवार राति मृत्यु भएकी बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु प्रमाणपत्र जारी गरिएको छ ।
श्रीदेवीको पार्थिव शरीरलाई लिन एम्बुलेन्स मुम्बई विमानस्थल पुगेको छ । शव उनको परिवारलाई केही समयपछि नै सुम्पिइनेछ ।
श्रीदेवीको फोरेन्सिक रिपोर्टमा उनको मृत्यु कार्डिएक अरेस्टकै कारण भएको लेखिएको छ । दुबईका चिकित्सकहरूलाई अर्को अटोप्सी नगरिने प्रस्ट निर्देशन दिइएको छ । यही रिपोर्टलाई मान्य ठानिनेछ ।
शनिवार राति होटलको बाथरूममा बेहोश भएकी श्रीदेवीलाई मृत घोषित गरिएको थियो । शरीरमा विषको तत्त्व छ कि भनी टक्सिकोलोजी परीक्षण पनि गरिएको थियो ।
एजेन्सी