१० साउन २०८३, आइतबार

शपथ पत्रमा हस्ताक्षर गर्ने कलम बादलसँग नभएपछि...

फागुन १४, २०७४
शपथ पत्रमा हस्ताक्षर गर्ने कलम बादलसँग नभएपछि...
फाइल फोटो

काठमाडौं, १४ फागुन-प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

एमालेका २ र माओवादीका २ मन्त्री थपिएपछि मन्त्रिपरिषद् ७ सदस्यीय बनेको छ ।

सोमबार एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्री, माओवादीका रामबहादुर थापा बादलले गृहमन्त्री, एमालेबाटै पूर्वगभर्नर युवराज खतिवडाले अर्थमन्त्री र माओवादीका मातृका यादवले उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् ।

शितल निवासमा सोमबार शपथ ग्रहणपछि शपथपत्रमा हस्ताक्षर गर्ने क्रममा नवनियुक्त गृहमन्त्री थापाले अर्थमन्त्री खतिवडासँग कलम सापटी मागेको दृष्य रोचक देखिएको थियो ।

तीन जना मन्त्रीले आ-आफ्नो कलम निकालेर हस्ताक्षर गरे । कलम नबोकेका थापा एकछिन अलमलिए । त्यसपछि उनले खतिवडासँग कलम सापटी मागेर हस्ताक्षर गरेका थिए ।

थापाले सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै प्रतिनिधित्व गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्