२९ असार २०८३, सोमबार

अर्थमन्त्रीलाई मन्त्रालयमा भव्य स्वागत, टाँसियो कागजको 'नेमप्लेट'

फागुन १४, २०७४
अर्थमन्त्रीलाई मन्त्रालयमा भव्य स्वागत, टाँसियो कागजको 'नेमप्लेट'

काठमाडौं, १४ फागुन-नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रालयमा भव्य स्वागत गरिएको छ ।

शितल निवासमा सोमबार शपथ ग्रहणपछि मन्त्रालय पुगेका खतिवडालाई सह-सचिवहरुसहित मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

मन्त्रालयमा खतिवडाको 'नेम प्लेट' पनि टाँसिएको छ । कागजमा प्रिन्ट गरेर नेम प्लेटमा टाँसिएको छ ।

खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । 

तर सर्वोच्चले खतिवडासहित मनोनित तीनै सदस्यलाई तत्काल शपथ ग्रहण नगराउन आदेश दिएको छ ।

यद्यपि मन्त्री बन्न भने संसद सदस्य नभए पनि मिल्ने कानूनी व्यवस्था छ । यसरी मन्त्री बन्ने व्यक्तिले ६ महिनाभित्र संसदको सदस्यता लिइसक्नुपर्ने हुन्छ ।  

salt training

कमेन्ट गर्नुहोस्