२६ जेठ २०८३, मंगलबार

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

फागुन १४, २०७४
कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

सुर्खेत, १४ फागुन- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिनुहुने भएको छ । 

मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको संसद् सचिवालयले जनाएको छ । सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको माओवादी संसदीय दलका मुख्य सचेतक सीता नेपालीले जानकारी दिनुभयो । 

एक सांसद भएको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका पक्षमा मतदान गरेको थियो । कर्णाली प्रदेशमा ४० सांसद छन् । एमालेका संसदमा सभामुखबाहेक १९, माओवादी केन्द्रका १३ र नेपाली काँग्रेसका छ छन् । 

salt training

कमेन्ट गर्नुहोस्