२८ असार २०८३, आइतबार

मन्दिरका पूजारीविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता

फागुन १५, २०७४
मन्दिरका पूजारीविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता

महेन्द्रनगर, १५ फागुन– कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको (ङ) गाउँस्थित मन्दिरमा पूजा गर्न नपाइने भन्दै जातिय भेदभाव तथा छुवाछूत जन्य कार्यलाई प्रोत्साहन दिएको भन्दै मन्दिरका पूजारीसहित २ जनाविरुद्ध सोमवर ईलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

पुनर्वासनगरपालिका– ६ ङ गाउँमा जातिय भेदभाव तथा छुवाछूतजन्य कार्यलाई प्रोत्साहन दिएको आरोपमा मन्दिरका पूजारी बलराम भट्टराई र अर्का व्यक्ति श्रीकृष्ण नेपालविरुद्ध जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार कानूनी करबाहीको माग राख्दै ४ राजनीनिक दलका दलित भातृसंगठनका प्रतिनिधिको रोहवार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा मुद्दा दर्ता गरेका हुन् ।

पुनर्वास नगरपालिका–६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन पूजाको निम्ति आर्थिक संकलन गर्दा दलित समुदायबाट पनि संकलन गरिनुपर्ने भन्दा पण्डित भट्टराईले दलित समुदायका मान्छे र गैर दलितहरुले मन्दिरमासंगै पूजा अर्चना गर्न नपाइने र दलित भक्तजनले ल्याएको प्रसाद अन्यसंग मिसाउन हुदैन भनी जातिय भेदभाव तथा छुवाछुत जन्य कार्यलाई प्रोत्साहन गरेकोले कानून बमोजिम हदैसम्मको कारवाहीको माग राख्दै पुनर्वास नगरपालिका–६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकले मुद्दा दर्ता गराएका हुन् ।

पुनर्वासमा झन्डै दुई सातादेखि विवादित बन्दै आएको उक्त बिषयमा कुनै सहमती हुन नसके पछि सोमबार अबेर साँझ मुद्दा दर्ता गरिएको हो । सोमबार चार राजनैतिक दलका ४ दलित भातृ संगठनका प्रतिनिधिहरुको रोहबरमा दर्ता भएको हो । 

यस अघि पूजारीसहित विभेद गर्ने व्यक्तिले सार्वजनिक माफी माग्ने भन्ने विषयमा छलफल गरिएपछि मूद्दा दर्ता रोकिएको थियो । पुजारीले सार्वजनिक माफी मागे पनि टिका नलगाउने अडान लिएका  थिए । 

सार्वजनिक माफी माग्नका लागि पुनर्वासका सार्वजनिक कार्यक्रम समेत गरिएको थियो । स्थानीयले मुद्दा दर्ता नगर्न दबाव दिदै इलाका प्रहरी कार्यालयमा धर्ना समेत दिएका थिए । 

जातिय भेदभाव र छुवाछूत भएको भन्दै कानुनी कारवाहीको माग गर्दै एमाले समर्थित मुक्ति समाजका जिल्ला अध्यक्ष बिनोद नेपाली,माओवादी केन्द्र समर्थित दलित मुक्ति मोर्चाका बल बहादुर बिक,नेपाली काँग्रेस समर्थित नेपाल दलित संघका भिम नेपाली र नेपाल कम्युनिस्ट पार्टी बिप्लब का सुरेश सार्की लगायतले रहोबरमा मुद्दा दर्ता गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्