
काठमाडाैं, १६ फागुन- हेपाहा प्रवृत्ती भएका भारतीय राजदूतावासका कर्मचारीहरुले मंगलवार सवक सिकेका छन् । अखिल क्रान्तिकारीका युवाहरुले उनीहरुलाई सवक सिकाएका हुन् ।
मंगलवार सिंहदरवार भित्रै उद्योग तथा बाणिज्य मन्त्रालय परिसरमा भारतीय राजदूतावासको शान देखाउने कर्मचारीहरु युवाहरुको फन्दामा परेका थिए । सिंहदरवार भित्रै रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएर पनि गल्ती महसुस नगर्ने उनीहरुलाई युवाहरुले कब्जामा लिएर पाठ पढाए ।
संजीब चाैधरीले रोकेर राखेको बाइकलाई सिंहदरवार भित्रै २२- सी डी – ९४ नम्बरको जीपले मंगलबार ठक्कर दिएको थियो । ठक्कर दिएर भारतीय दूतावासको शक्ति देखाउदै बलजफ्ती भाग्न खोजेपछि जीपको चावी थुतेर गाडी ३ घन्टा कब्जामा लिन बाध्य भएको समिर बुढाथोकीले जानकारी गराए । ”
गल्ती स्विकार गर्नुको सट्टा उल्टै हामी भारतीय दूतावासको हो , हामीलाई कसैले केहि गर्न सक्दैन भनेपछि आफुलाई मात्र हैन सिङ्गो प्रशासन र राज्य माथीनै हेपेको अनुभुती भयो र चाबी थुतेर राखियो ” उनले भने ।
युवाहरुको नियन्त्रणमा रहेका कर्मचारीहरुले यताउता फोन घुमाएर थप शक्ति प्रदर्शन गरेर उम्कन खोजेका थिए तर युवाहरुको अडान अघि केहिशीप नचलेपछि ३ घण्टापछि गल्ती भएको भन्दै माफी मागे ।उनीहरुले माफी मात्र मागेनन् , मोटरसाईकलनै मर्मत गरेपछि मात्र उनीहरुलाई छोडियो । आफूहरु भारतीय दुतावासको आडमा हेप्ने खोज्ने हेपाहा प्रवृत्ती विरुद्ध उत्रिएको बुढाथोकीले बताए । नेपालमा बसेपछि नेपालको कानून मान्दिन भन्नु हेपाहा प्रबृत्ति भएको भन्दै उनले भने ,” नेपालमा गल्ती गर्दा सजाय पाइन्छ भन्ने उनीहरुले सायद् पाठ सिके, हाम्रो उदेश्य पनि यत्ति नै थियो ।”