
रंगहरुको पर्व होली अर्थात फागुपुर्णिमा भोली मनाइँदै छ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा भोलि होली मनाइदै छ भने तराईमा भने शुक्रबार होली मनाइदै छ ।
होलीका क्रममा रंगको धेरै प्रयोग हुने गरेको छ । यसरी रंगको प्रयोग गरेर खेलिने होलीमा सावधानी अपनाउनु जरुरी छ । रंगको प्रयोगले छालामा विभिन्न समस्याहरु देखिन सक्छ । पानी सहित खेलिने होलीका लागि पानी सफा हुन जरुरी छ ।

होली खेल्नका लागि यस्तो तयारी गर्नुस्
होली खेल्नका लागि छुट्टै पहिरनको व्यवस्था गर्नुस् ।
पातला खालको टिसर्ट वा पान्टको प्रयोग गर्नुस् जो चाडो सुक्न सकोस् ।
सकेसम्म पूरै छालालाई डाक्ने खालका कपडाको प्रयोग गर्नुस् ।
कपडाले नछोपेको शरीको भागमा क्रिम लगाउनुस् ।
राम्रा र गुणस्तरीय खालका रंगहरु मात्र खेल्नु होस् ।
होली खेलिसकेपछि नुहानु होस् ।
शरीरमा लागेको रंगलाई रगटेर नभइ नुहाएर हटाउनुहोस् ।





