३० जेठ २०८३, शनिबार

पतिले चलाएको मोटरसाइकलबाट खसेर पत्नीको मृत्यु

फागुन १६, २०७४
पतिले चलाएको मोटरसाइकलबाट खसेर पत्नीको मृत्यु

महोत्तरी, १६ फागुन-महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर बुधबार एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

खातुन पतिसँग ज १० प ८२०९ नं को मोटरसाइकलमा श्रीपुरबाट आफ्नो घर कठुधार जाँदै गर्दा औरही–८ स्थित टिम्कियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् । 

गम्भीर घाइते खातुनलाई उपचारका लागि बर्दिवास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्