२८ जेठ २०८३, बिहीबार

पूर्वउपराष्ट्रपति झाले भारतीय मिडियासँग भने- 'नेपाल मगन्ते देश हो'

फागुन १६, २०७४
पूर्वउपराष्ट्रपति झाले भारतीय मिडियासँग भने- 'नेपाल मगन्ते देश हो'

काठमाडौं, १६ फागुन- पूर्व उपराष्ट्रपति परमानन्द झाले भारतीय पत्रिका दैनिक जागरणसँगको कुराकानीमा नेपाल मगन्ते देश भएको बताएका छन् ।

झाको भनाइ उद्धृत् गर्दै सो पत्रिकाको अनलाइन संस्करणमा लेखिएको छ- 'जुन देशले जति सहयोग गर्छ त्यसलाई स्वीकार गर्न नेपाल कहिल्यै हिच्किचाउँदैन, किनकि नेपाल एक मागन्ते देश हो । जसले जति सहयोग गर्छ, ऊप्रति उत्तिकै आकर्षण हुनु स्वभाविक हो ।'

'भारत को चीन से डरने की जरूरत नहीं' शीर्षकमा प्रकाशित समाचारमा उनले भारत चीनसँग डराउनुपर्ने अवस्था नरहेको पनि बताएका छन् ।

'भारत डराउनु पर्ने अवस्था नै छैन, किनकि नेपाललाई आफ्नो कब्जामा लिएपछि मात्र चीनले भारतमाथि केही गर्न सक्छ, जुन बिलकुल सम्भव छैन ।'

भारतीय दूतावासले अहिले नेपालमा राजनीति गरिरहेको भन्दै उनले त्यसलाई बन्द गर्न सुझावसमेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्