२४ असार २०८३, बुधबार

जलजलाको केन्द्र विवाद समाधान, लामाखेतमा कायम

फागुन २०, २०७४
जलजलाको केन्द्र विवाद समाधान, लामाखेतमा कायम

पर्वत, २० फागुन- लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ । 

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो । साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सर्ने भएको छ ।

हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा केन्द्र तोक्ने निर्णय गरेपछि विवाद समाधान भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । 
गाउँपालिकाका स्थानीयवासीले माझफाँट केन्द्र हुँदा अपायक भएको र अन्य वडाका नागरिकले सास्ती खेप्नु परेको भन्दै लामो समय आन्दोलित समेत बनेका थिए ।

गाउँपालिका अन्तर्गत साबिक नाग्लीवाङ, धाइरिङ, बनौं, शालिजा र माझफाँटकै तल्लो क्षेत्रका बासिन्दा आन्दोलिन बनेका थिए । अहिले चलिरहेको गाउँपालिकाको केन्द्रमा पुग्न करीब ६ देखि ७ घण्टा पैदल धाउनुपर्ने र अपायक हुने भन्दै जनप्रतिनिधि आन्दोलित समेत बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्