०९ असार २०८३, मंगलबार

इस्लामविरुद्ध संगठित हुँदै उग्रदक्षिणपन्थीहरू : रिपोर्ट

फागुन २०, २०७४
इस्लामविरुद्ध संगठित हुँदै उग्रदक्षिणपन्थीहरू : रिपोर्ट

काठमाडौं, २० फागुन — बेलायतमा अतिवादी दक्षिणपन्थीहरू इस्लामविरुद्ध तीव्र रूपमा संगठित हुने तयारीमा छन् । 

शुक्रवार बेलायतको नश्लवादविरोधी समूहले जारी गरेको एक रिपोर्टअनुसार, अतिवादीहरू अन्लाइन समूहमार्फत एकअर्कासँग जोडिँदै गएका छन् । 

होप, नट हेट नामक समूहले चेतावनी दिएअनुसार, बेलायत सरकारले भविष्यमा दक्षिणपन्थी अतिवादीहरूका आतंकवादी सोच तथा उग्रवादी हिंसासँग डील गर्न तयार रहनुपर्छ । 

होप, नट हेटका सीईओ निक लोवेल्सले भने, ‘संसारभरिका दक्षिणपन्थीहरूले इस्लाम तथा पश्चिमका बीचमा छिट्टै गृहयुद्ध हुने सोच राख्ने गरेका छन् । अन्लाइन संसरामा दक्ष्णिपन्थीहरूले इस्लामसँगको संघर्षका विषयमा लगातार
बयान दिइरहेका छन् जसकारण अतिवादीहरूका तर्फबाट हिंसाको आशंका गर्न सकिन्छ ।’

लोवेल्सले प्रहरी तथा सरकारले गृहयुद्धको स्थितिलाई प्रोत्साहन गर्ने तथा घृणा फैलाउनेहरूका विरुद्ध ठोस कदम चाल्नुपर्ने बताए । रिपोर्टमा उल्लेख भएअनुसार उग्रदक्षिणपन्थी समूहहरूमा परम्परागत रूपमा सदस्यता लिनेहरूको
संख्या विगत दुई दशकमा सबभन्दा कम स्तरमा छ तर अन्लाइन विकसित भइरहेका नेटवर्कको खतरा बढ्दैछ । 

भर्चुअल एक्टिभिटीमा वृद्धि हुँदा नश्लवाद र धार्मिक घृणा बढिरहेको र विशेषगरी मुसलमानहरूका विरुद्ध विषवमनको मात्रा बढेको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार, सन् २०१७ मा बेलायतमा २८ जनाको विरुद्ध
उग्रदक्षिणपन्थबाट प्रेरित अपराधको आशंकामा पक्राउ गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्