
काठमाडौं, २० फागुन — टेलिभिजनमा लाइभ रिपोर्टिङ गर्नु चुनौतीपूर्ण हुन्छ । हुन त न्युज एंकरहरू हरेक स्थितिलाई डील गर्न तयार रहन्छन् तर सबै कुरा योजनामुताबिक चल्दैनन् । अनि लाइभ टीभीमा अनौठा घटनाहरू हुन्छन् ।
एक न्युज एंकरले लाइभ शो गर्दागर्दै एक पक्षी उनको शिरमा आएर बस्यो । पूरा घटना भिडियोमा कैद भयो र अहिले खुबै चर्चामा छ ।
एक अमेरिकी टीभी च्यानलमा निकेल मेडिना र उनका सहकर्मी एरिक कानहार्ट लाइभ शो गरिरहँदा चरा मेडिनाको टाउकोमा बसेको थियो । उक्त चरा क्यालिफोर्नियाको सान डिएगोको चिडियाखानामा बस्छ ।
चरा अचानक त्यहाँ आउँदा एंकर तर्सिइन् तर नआत्तिकन मुस्कुराइरहिन् । त्यसपछि चरो मेडिनाको टाउकोबाट उडेर कानहार्टको टाउकोमाथि उड्न थाल्यो । दुवै एंकरले उक्त सुन्दर चरालाई स्वागत गरे ।
भिडियोलाई मानिसहरूले खुबै मन पराइरहेका छन् ।
When Zooday doesn't go as planned, but your anchors are really good sports. @News8 pic.twitter.com/beaIwk3JGR
— Barbara Richards (@sdbrichards) February 23, 2018
एजेन्सी