०७ साउन २०८३, बिहीबार

शपथ ग्रहण गर्न आएनन् ८ जना सांसद, कारण यस्तो

फागुन २०, २०७४
शपथ ग्रहण गर्न आएनन् ८ जना सांसद, कारण यस्तो

काठमाडौं, २० फागुन—  आइतवार प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्य (सांसद)हरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य रहने छन् । 

तर आइतवारको शपमा प्रतिनिधिसभा २७१ र राष्ट्रियसभामा ५५ जना सांसदले मात्रै सपथ ग्रहण गरे । आइतवारको सपथमा ८ जना सांसद अनुपस्थित रहे ।  

आइतवारको शपथमा २७५ सदस्यीय प्रतिनिधिसभामा ४ जना सांसद अनुपस्थित रहे । आइतवारको शपथमा माओवादी केन्द्रका दुई र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दुई जना सांसद अनुपस्थित रहे । 

कैलाली क्षेत्रनम्बर १ बाट निर्वाचित राजपाका सांसद रेशम चौधरी टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । यस्तै राजपा सांसद महेन्द्रराय यादव पनि आइतवारको शपथमा अनुपस्थित रहे । सर्लाही–२ बाट निर्वाचित यादव नागरिकताका आधारमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य समेत हुन् । तर उनको नागरिकतामा अवास्तविक जन्ममिति उल्लेख गरिएको भन्दै उनले आइतवार राष्ट्रपतिबाट शपथ लिएनन् । 

यादवले शपथ नलिएपछि उनको ठाउँमा राजपाका अध्यक्ष मण्डाका संयोजक समेत रहेका सांसद महन्थ ठाकुरले राष्ट्रपतिबाट सांसदको सपथ लिएर ज्येष्ठ नागरिकको रुपमा सांसदहरुलाई सपथ ग्रहण गराए । 

यस्तै माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझी र धर्मशीला गापागाईँ अनुपस्थित रहे । अर्घाखाँचीबाट निर्वाचित रायमाझी बुवाको निधनका कारणेले शपथ ग्रहणमा उपस्थित हुन सकेनन् । 

माओवादी केन्द्रकै समानुपातिक सांसद चापागाईं आमाको निधनका कारण शपथ ग्रहणमा अनुपस्थित भइन् । 

५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका तीनजना सांसदको शपथमा सर्वोच्च अदालतले रोक लगाएको थियो । राष्ट्रियसभामा निर्वाचित सांसदमध्ये राजपा नेपालका रमेशप्रसाद यादव अनुपस्थित रहे । 

केपी ओली प्रधानमन्त्री भएपछि सरकारको सिफारिस राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, विमला पौड्याल र रामनारायण विडारीविरुद्ध सर्वाेच्चमा रिट दायर भएको थियो । रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी उनीहरुको शपथ नगर्न नगराउन भनेको थियो ।
 

कमेन्ट गर्नुहोस्