१२ साउन २०८३, मंगलबार

कांग्रेसमा संसदीय दलको नेता बन्न ५ जनाको उम्मेदवारी

फागुन २०, २०७४
कांग्रेसमा संसदीय दलको नेता बन्न ५ जनाको उम्मेदवारी

बुटवल, २० फागुन–प्रदेश नम्बर ५ मा १९ सांसद रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिमा दलको नेता चयन गर्ने प्रयास असफल भएपछि आउँदो २६ गते निर्वाचन हुँदैछ । 

संसदीय दलको नेता बन्नका लागि प्रदेश सांसद तथा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेल र फकरुद्धिन खां (रूपन्देही), बीरबहादुर राना (पाल्पा) बीरेन्द्र कनोडीया (कपिलवस्तु) र  डिल्ली चौधरी (दाङ)ले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए । शर्माले प्रदेशसभाको पहिलो बैठकमा अध्यक्षताको भूमिका समेत निर्वाह गरेका थिए । 

दलको नेता आफूलाई बनाउने उनीहरू सांसददेखि केन्द्रीय नेताहरूसँग दौडधुप सुरू गरेका छन् । प्रदेशसभा बैठक फागुन २७ गतेका लागि तोकिएको छ । आउँदो शनिबार ११ बजे निर्वाचन हुनेछ ।  कांग्रेसले ५ नम्वर प्रदेशको संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँडलाई खटाएको छ । प्रदेश नम्बर ५ मा कूल ८७ सांसद रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्