०५ साउन २०८३, मंगलबार

म्यान्चेस्टर सिटीसँग चेल्सी पराजित, आज म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्ने

फागुन २१, २०७४
म्यान्चेस्टर सिटीसँग चेल्सी पराजित, आज म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्ने

काठमाडौं, २१ फागुन– इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा म्यान्चेस्टर सिटीले चेल्सीमाथि १–० को जित निकालेको हो । 
जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १८ अंकको अग्रता लिएको छ । घरेलु टोलीलाई विजयी गराउन बर्नार्डो सिल्भाले ४६ औं मिनेटमा निर्णायक गोल गरे । 

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ब्राइटनले आर्सनललाई २–१ ले हराएको छ । खेलमा ब्राईटनलाई विजयी गराउन लेविस डंक र ग्लेन मेरेले एक–एक गोल गरे । आर्सनलका पिएरे एमरिक औबामायङ्गले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलमा आजराति म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् । यो खेल जितेको खण्डमा म्यानचेस्टर युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लनेछ । २८ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा छ ।

एक खेल बढी खेलेका लिभरपुल ६० अंकसहित दोस्रो स्थानमा छ भने शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७८ अंक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्