२३ जेठ २०८३, शनिबार

श्रीमतीलाई वेश्यावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

फागुन २१, २०७४
श्रीमतीलाई वेश्यावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

चितवन, २१ फागुन– चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैज सजाय सुनाएको छ । 

माडी नगरपालिका– ६ का राजु काफ्लेले श्रीमतीलाई जर्बजस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको हो । 
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैयाँ श्रीमतीलाई क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । 

श्रीमानले आफूलाई होटलमा राखी यौनसम्पर्क गराउन बाध्य पारेको भन्दै ती महिलाले १७ साउनमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् । अदालतको आदेशपछि पीडित महिलाले आफूले न्याय पाएको बताएकी छन्, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्