
काठमाडौं २१ फागुन–नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न मतदान शुरु भएको छ ।
दलकोनेताका लागि सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंह चुनावी मैदानमा छन् । सोमवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म मतदान गर्ने कार्यक्रम छ ।
प्रतिनिधि सभामा निर्वाचित ६३ जनाले मतदान गर्नेछन् । मतदान गर्नुपूर्व देउवा र सिंहले हात मिलाएका थिए ।