
काठमाडौं, २१ फागुन — विद्युतीय उपकरणहरूलाई नियन्त्रण गर्नका लागि अब हातैमा चिप लगाएर काम गर्न सकिने भएको छ ।
पूर्वी लन्डनमा रहेका बडी ह्याकर्स समूहका एक सदस्य भन्छन्, ‘तपाईंले शरीरमा ट्याटू बनाउनुभएको छ वा प्वाल बनाउनुभएको छ ? ट्याटू बनाउँदा वा प्वाल पार्दा जति पीडा हुन्छ, शरीरमा चिप हाल्दा त्यति नै पीडा हुन्छ ।’
प्रविधिको सहायताले मानिस आफ्नो शारीरिक र मानसिक क्षमतालाई कैयौं गुणा बढाउन समर्थ भएको छ ।
एक बायो ह्याकर लिफ्ट एनोनिमले आफ्नो शरीरमा नौवटा चिप लगाएकी छन् र उनी मानवजातिको भलाइ गर्न सक्ने विश्वास गर्छिन् ।
चिप लगाउँदा आफूलाई धेरै पीडा भएको उनी स्वीकार गर्छिन् । उनी भन्छिन्, ‘मेरा औंलाहरूमा भएका चुम्बकका कारण धेरै पीडा हुन्छ । धेर पीडा हुनाले केही समयका लागि त म केही देख्दिनँ ।’
औंलामा लगाइएको चुम्बकको सहायताले उनी इलेक्ट्रोम्याग्नेटिक रेडिएसन अनुभव गर्छन् । उनले कुन विद्युतीय उपकरण अन छ र कुन अफ छ भन्ने यसबाट थाहा पाउँछिन् । माइक्रोवेभ खुल्लै छ कि बन्द छ भन्ने पनि उनी थाहा पाउँछिन् । अनि पावर लाइन कहाँ छ भन्ने पनि उनले पत्ता लगाउँछिन् ।
यसबाहेक उनले छालामा एक चिप राखेकी छन् जसको सहायताले उनी आफ्नो फोन प्रयोग गर्छिन् । यसैबाट उनी आफ्नो घरको ढोका खोल्छिन् ।
यो प्रयोगको प्राथमिक परिणामबाट अन्य मानिसले चिपको थप राम्रो प्रयोग गर्न सक्ने उनी आशा गर्छिन् ।
संसारभरिका १० हजारभन्दा बढी मानिसले शरीरमा चिप लगाइसकेका छन् र यो बिस्तारै एउटा ट्रेन्ड बन्दैछ ।
मानिसहरूले प्रमुख रूपमा औंलामा चुम्बक लगाउँछन् । त्यो रेडियो फ्रिक्वेन्सी चिन्ने चिप हो । अनि एलईडी लाइट पनि छालामुनि लगाइन्छ र त्यो चम्किन्छ ।
यस्ता चिपहरू एकदम साना हुन्छन् ।
त्यसो त जीनमै परिवर्तन गरेर शक्तिशाली बन्ने चिपहरू पनि बनाइएका छन् तर त्यसको आलोचना भएको छ ।
बीबीसी हिन्दीबाट