२१ जेठ २०८३, बिहीबार

अन्तरिम कार्यविधि पारित गर्दै सकियो प्रतिनिधिसभाको पहिलो बैठक

फागुन २१, २०७४
अन्तरिम कार्यविधि पारित गर्दै सकियो प्रतिनिधिसभाको पहिलो बैठक

काठमाडौं, २१ फागुन- प्रतिनिधिसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्दै प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ ।

जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले संसद सञ्चालनका लागि तयार पारिएको अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको हो ।

बैठकको शुरुमा जेष्ठ सदस्य ठाकुरले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाएका थिए ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्