
सुर्खेत, २१ फागुन–कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही सरकारी निवास सरेका छन् । सभामुख शाही क्षेत्रीय शैक्षिक तालिम केन्द्रमा रहेको सरकारी निवासमा सरेका हुन् ।
माघ २९ गते सभामुख पदमा निर्वाचित सभामुख राजबहादुर शाही २३ दिनपछि सोमवार सरकारी निवासमा सरेका हुन् । यसअघि उनी तातापानीस्थित आफन्तको घरमा बसिरहेका थिए ।
निवासमा सरिसकेपछि सभामुख शाहीले अब काम गर्न सहजता हुने प्रतिक्रिया दिए । आफूसँग भवन नहुँदा १५ जना सुरक्षाकर्मी तथा सहयोगीलाई उनले साथमै राख्न सकेका थिएनन् । अब भने सभामुखलाई केही राहात भएको बताइएको छ ।