३१ जेठ २०८३, आइतबार

अवैध रुपमा विदेश पठाएको आरोपमा पक्राउ, सरकारी कार्यालयको छाप १८ थान बरामद

फागुन २१, २०७४
अवैध रुपमा विदेश पठाएको आरोपमा पक्राउ, सरकारी कार्यालयको छाप १८ थान बरामद

काठमाडौँ, २१ फागुन - अवैध तरीकाले वैदेशिक रोजगारीमा पठाएको अभियोगमा ‘क्याची एजुेकशन एण्ड टे«निङ कन्सल्टेन्सी’का सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

महानगरीय अपराध महाशाखाका अनुसार खड्कालाई रु सात लाखदेखि १२ लाखसम्म लिई वैदेशिक रोजगारीका लागि भन्दै अजरबैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, इस्टोनेसिया, माल्टालगायत देशमा नेपाली युवालाई पठाई अलपत्र पारेको आरोप लागेको छ । 
खड्काले शैक्षिक परामर्शका लागि खोलिएको संस्थाबाट विनाइजाजत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाएको, अवैध कागजात तयार पारेको आरोप लागेको छ । प्रहरीले अभियुक्त खड्कालाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ । 

प्रहरीले खड्काका साथबाट नेपाली राहदानी २५ थान, नोटरी पब्लिकलगायत विभिन्न सरकारी कार्यालयको छाप १८ थान, बैंकका भौचर र चेक बरामद गरेको छ 

salt training

कमेन्ट गर्नुहोस्