२१ जेठ २०८३, बिहीबार

बसको ठक्करबाट २ प्रहरीको मृत्यु

फागुन २१, २०७४
बसको ठक्करबाट २ प्रहरीको मृत्यु

पोखरा, २१ फागुन   बागलुङ–काठमाडौं चल्ने  बा४ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको पल्सर मोटरसाइकललाई कास्कीको  विजयपुर  भन्ने स्थानमा ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृतकहरु रुपन्देही छिपागढ घर भएका ३० वर्षीय प्रदीप कुमार यादव र स्याङ्जा फेदीखोला २ गाउँपालिकाका २७ वर्षीय सुशिल बानियाँ रहेको प्रहरीले जनाएको छ । उनीहरु दुबैजना प्रहरी जवान रहेको र  वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । 

पोखराको डाँडाको नाक एरियामा ड्यूटी सकेर मोटरसाइकलमा कार्यालय फर्किँदै गर्दा उनीहरुको बसको ठक्करले मृत्यु भएको जिप्रका कास्कीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्